सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा स्वास्थ्य बिमा गराएका बिमितलाई औषधी पाउन मुस्किल

२०७७ असार २६, ०५:४९ कमल सावद

धनगढी : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ धनचौरीका महादेव महरा बिहिबार बिहान १० बजे सेती प्रादेशिक अस्पताल पुगे। कब्जियत भएपछि उनी उपचारका लागि सेती अस्पताल आएका थिए।

डक्टरले स्वास्थ्य परीक्षण गरेपछि औषधी लेखिदिए। २०७० सालमा स्वास्थ्य बिमा गरी नविकरण समेत गर्दै आएका महरालाई अस्पतालको फार्मेसीले आवश्यक औषधी नभएको प्रतिकृया दियो। उनको खल्तीमा चार सय रुपैया मात्र थियो।

धनचौरी फर्किन मात्र भएका उनलाई ५० रुपैयाँ चाहिन्छ। आर्थिक अभावमा नीजि फार्मेसीबाट औषधी खरिद गर्न महरालाई सम्भव भएन्। ‘स्वास्थ्यमा समस्या भएपछि सेती प्रादेशिक अस्पताल आएको थिए तर एउटा ट्यावलेट पनि पाएन। बाहिरबाट किन्न पैँसा भएन।’ महराले भने, ‘बिमा गरेवापत औषधी पाउने विषयमा बिमा कम्पनीमै गएर बुझ्नुस भन्यो।’

सेती प्रादेशिक अस्पतालको फार्मेसीका कर्मचारीले राष्ट्रिय बीमा बोर्ड सुदूरपश्चिमलाई सम्पर्क गर्न सुझाव दिदै बिमितलाई फिर्ता पठाउने गरेका हुन्। बीमितहरुले एक लाख सम्मको औषधी निःशुल्क पाउँने भएपनि सेतीको फार्मेसीबाट औषधी पाउन समस्या हुने गरेको गुनासो गरिएको हो।

औषधी स्टोरमा भएपनि सेती प्रादेशिक अस्पतालको फार्मेसीका कर्मचारीले सकिएको प्रतिक्रिया दिने गरेको खुलको छ। यता सेती प्रादेशिक अस्पतालको फार्मेसीका ईन्चिार्ज भरत कुवँरले भने ती विरामी आएको समयमा फार्मेसीमा औषधी सकिएको बताए।

‘त्यती बेला सकिएको रहेछ। मलाई खबर भएन। को बिमामा छ छैन् थाहा हुँदैन् भीडभाडमा छैन् भनेका रहेछन् कर्मचारीहरुले।’ उनले भने। अस्पतालहरुले बिमितहरुलाई औषधी सकिएको भन्दै फिर्ता पठाउने गरेको गुनासो बिमा बोर्ड समक्ष पटक–पटक पुगेको छ।
तर समस्या समाधानका लागि ध्यान दिईएको छैन्। राष्ट्रिय बीमा बोर्ड सुदूरपश्चिम प्रमुख जनक साउँदले सेती प्रादेशिक अस्पतालले विभिन्न वाहाना देखाएर बिमितहरुलाई औषधी नदिने गरेको गुनासो बेला बखत आउने गरेको बताए।

अस्पताललाई विमितहरुलाई निःशुल्क उपलब्ध गराउने औषधीको व्यवस्था गर्न अनुरोध समेत गरिदै आएको बताउँदै साउँदले तर खासै सुनवाई नहुने समस्या रहेको जनाए।  
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस