सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ५७ हजार भन्दा बढीको मृत्यु

२०७७ असार २६, ०४:२० रासस

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ५७ हजार नौँ सय २३ पुगेको छ। साथै यस संक्रमणबाट विश्वभर १ करोड २४ लाख १५ हजार पाँच सय ८२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ।

नेपाली समयानुसार शुक्रबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७२ लाख ४१ हजार ६०१ जना निको भएका छन्।। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४६ लाख १६ हजार ५८ व्यक्ति उपचाररत रहेका छन्। संक्रमितहरुमा ५८ हजार ६ सय ८७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ। डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३२ लाख २० हजार पाँच सय जनामा कोरोना भाइरसका संक्रमित रहेका छन्।  

यस प्रकोपका कारण अमेरिकामा एक लाख ३५ हजार आठ सय २८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ। दक्षिण अमेरिकामा २७ लाख ३३ हजार ३०५ जना कोरोना भाइरस संक्रमति रहेका छन्। एक लाख चार सय ६ जनाको मृत्यु भएको छ। उत्तर अमेरिकामा ३७ लाख ७५ हजार चार सय ५२ जना कोरोना भाइरस संक्रमति रहेका छन् भने एक लाख ८२ हजार दुई सय ५९जनाको मृत्यु भएको छ।

युरोपमा २५ लाख ४० हजार दुई सय ८९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने एक लाख ९५ हजार छ सय ६५ को मृत्यु भएको छ। एसिया २८ लाख  ९ हजार चार सय ६३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ६६ हजार नौँ सय १७ जनाको मृत्यु भएको छ।

अफ्रिकामा ५ लाख ४५ हजार तीन सय १३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२ हजार पाँच सय ३ जनाको मृत्यु भएको छ। ओसियानामा ११ हजार ३० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने एक सय २८ जनाको मृत्यु भएको छ ।

कमेन्ट लोड गर्नुस