सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको पहलमानपुर–लालबोझी सडक खण्ड मर्मतको माग गर्दै प्रदर्शन

२०७७ असार २६, ०३:५१ खबर संवाददाता

प्रताप चौधरी/पहलमानपुर : कैलालीको पहलमानपुर–लालबोझी सडक खण्ड मर्मत सम्भारको माग गर्दै स्थानीयले प्रर्दशन गरेका छन्। घोडाघोडी नगरपालिका वडा नम्वर ११ को सिसैया चौकमा भेला भएका स्थानीयले सडक मर्मत सम्भारको माग गर्दै प्रर्दशन गरेका हुन्।

उनीहरुले पहलमानपुर–लालबोझी सडक खण्डमा सवारी साधन चलाउन सकिने अवस्था नरहेकाले मर्मत सम्भारको माग गर्दै दबाब मुलक कार्यक्रम सहित प्रर्दशन गरेका हुन्। पहलमानपुर–लालबोझी सडक खण्ड हिलाम्य भएपछि स्थानीयले आवत जावतमा सास्ती भोग्नुपरेको छ।  

अहिले मोटरसाईकल र साईकल बाहेकका सवारी साधन समेत सञ्चालन हुन सकेका छैनन्। नगरपालिकाले ग्रावेलका लागि भन्दै पाँच लाख बजेट बिनियोजन गरेको थियो भने कालोपत्रेका लागि ३० लाखको टेण्डर हुने चर्चा भएपनि कुनै प्रक्रिया अगडि बढेको छैन्।

पूर्वपश्चिम राजमार्गदेखि ५ सय मिटर मात्रै उक्त सडक कालोपत्रे भएको छ। कैलाली निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य गौरीशंकर चौधरीले पनि उक्त सडकलाई चुनावी नारा बनाएका थिए।

लालबोझी–पहलमानपुर सडकका स्तरोन्नतिका लागि भन्दै उनले बजेट समेत बिनियोजन गरेका थिए तर सडकको भने दुर्दशा छ।
 

कमेन्ट लोड गर्नुस