सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा सुत्केरी हुन नसकेर तीन दिनदेखि छटपटाउँदै गर्भवती

२०७७ असार २६, ११:५८ खबर संवाददाता

धनगढी : बाजुराको हिमाली गाउँपालिका ३ की एक गर्भवती तीन दिनदेखि सुत्केरी हुन नसकेर घरमै छटपटाइ रहेकी छन्। २५ वर्षीया लालसरी बुढालाई तीन दिनदेखि सुत्केरी व्यथाले च्यापेको छ। उनको अत्यधिक रगतश्राव भइरहेको आफन्तले बताएका छन्। 

नजिकै रहेको यूना आधारभूक्त स्वास्थ्य केन्द्रमा एकजना स्वास्थ्यकर्मी मात्र रहेको र उनी पनि गुम्बा गएको खबर गएको गर्भवतीका आफन्तले बताए। बिच्छाया स्वास्थ्य चौकीमा स्टेचरमा लैजान अप्ठ्यारो भएको र बाटोमा पहिरो आएकाले थप समस्या भएको उनका आफन्त अर्जुन रोकायाले बताए। 

यूनाबाट बिच्छाया स्वास्थ्य चौकी पुग्नै चार पाँच घण्टा लाग्ने गरेको छ। बिच्छायाबाट कोल्टि स्वास्थ्य केन्द बोकेर ल्याउन तीन दिन लाग्ने गरेको छ। 
 

कमेन्ट लोड गर्नुस