सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली प्रहरीको थुनाबाट हत्कडी सहित भागेका युवक पुनः पक्राउ

२०७७ असार २६, ०९:२८ खबर संवाददाता

धनगढी : कैलाली प्रहरीको थुनाबाट हत्कडी सहित भागेका युवक पुनः पक्राउ परेका छन्। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ६ भावरका २३ बर्षीय गणेशबहादुर ऐरलाई प्रहरीले फेरी नियन्त्रणमा लिएको हो।

बुधवार राति ९ बजे उनी ईलाका प्रहरी कार्यालय फल्टुडेको थुनाबाट हल्कडी सहित भागेका थिए। उनलाई फेरी पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कैलाली ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरिक्षक अनुपम शमशेर जवराले पुष्टि गरे।

सो बारेमा अहिले नै प्रहरीले विस्तृत जानकारी दिएको छैन्। ऐरलाई फलामको रड र धारीलो हतियार प्रहार गरी हजुरआमाको हत्या गरेको आरोप लागेको छ। 
 

कमेन्ट लोड गर्नुस