सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा प्रहरीद्वारा मास्क प्रयोग नगर्ने १६ जनालाई कारवाही

२०७७ असार २५, ०७:५१ खबर संवाददाता

धनगढी: डडेल्धुरा प्रहरीले माक्स प्रयोग नगर्ने १६ जनालाई कारवाही गरेको छ। कोरोना जोखिमका बेला मास्क प्रयोग नगरी सार्वजनिक स्थानमा भेटिएका सवारी चालक र स्थानीय व्यापारीलाई कारवाही गरेको प्रहरीले जनाएको छ। 

बिहिबार जिल्ला सदरमुकाम बागबजारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले मास्क नलगाउने १६ जनालाई कारवाही गरी एक हजार ६ सय राजस्व जरिवाना संकलन गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए। टोलीले उनीहरुलाई सम्झाइबुझाइ गरेर छाडेको प्रहरीले जनाएको छ।  

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्यरूपमा मास्क लगाउन र सामाजिक दूरीलाई पालन गरी कार्य गर्न आग्रह गरेको छ। गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न समेत प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।

कमेन्ट लोड गर्नुस