सुदूर नेपाललाई विश्वसँग जोड्दै

रक्सीको नशामा मात्तिएकी नर्सले हंगामा मच्चाएपछि...

२०७७ असार २५, ०५:५४ खबर संवाददाता

एक नर्स यात्रीले भोड्का पिएपछि हवाई यात्राको समयमा हंगामा गरेकि छन्। टर्की जाने एक फ्लाइटमा चार घन्टासम्म उनले हंगामा गरेकी थिइन। 

थोमस कुक एयरलाइन्सको उक्त फ्लाईटमा रहेकी २९ वर्षकि क्याथरिन हेयसले आफ्नो सीटमा बसी बसी भोड्काको एक पुरै बोतल रित्याएकि थिइन्। यसपछि उनले चालक दलका सदस्यलाई गाली गर्न थालिन। यो विमान म्यान्चेस्टर हवाई अड्डाबाट एन्टाल्या जादै गरेको थियो। 

पछि यो घटनाको विषयमा अदालतमा सुनुवाई भएको थियो। सुनुवाईको समयमा न्यायधीशले उनलाई जेल नपठाउने बताए। 
 

कमेन्ट लोड गर्नुस