सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा आईएमईबाट ६ लाख चोरी

२०७७ असार २५, ०४:०८ खबर संवाददाता

धनगढी : कैलालीमा एक आईएमईमा चोरी भएको छ। जिल्लाको गोदावरी नगरपालिकास्थित महेन्द्रनगर रोडमा रहेको आईएमई सेन्टरबाट ६ लाख चोरी भएको हो।

आईएमई अत्तरिया शाखाका संचालक तनुज जोशीले पसलको पछाडीबाट ढोका फोडेर चोरी भएको बताए।

उनले काउन्टरबाट नगद ६ लाख र थप डेढ लाख जतीको रिचार्ज चोरी भएको बताए। चोरीमा संग्लन व्यक्ति सिसीटिभीमा देखिएका छन्। चोरीमा संग्लन ब्यक्तीको खोजी कार्य भईरहेको प्रहरीको भनाई छ। 
 

कमेन्ट लोड गर्नुस