सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ बढ्यो, प्रतितोलाको ९२ हजार ४ सय

२०७७ असार २५, १२:५५ खबर संवाददाता

बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ९ सय रुपैयाँले बढेको हो। बिहीबारको सुनको मूल्य हालसम्मकै उच्च हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँ र तेजाबी सुन ९१ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको छ।

चाँदीको पनि भाउ तोलामै २५ रुपैयाँ बढेर ९ सय ८० रुपैयाँ कायम भएको छ। मंगलबार पनि तोलामा ५ रुपैयाँ बढ्दै चाँदीको भाउ ९ सय ५५ रुपैयाँ कायम भएको थियो।
 

कमेन्ट लोड गर्नुस