सुदूर नेपाललाई विश्वसँग जोड्दै

जहाँ ‘घुस’ बिना काम हुँदैन

२०७७ असार २४, ०३:४७ नवराज पनेरु

घटना १ 
गत बर्षको भदौ १२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कैलालीका तीन जना कर्मचारीलाई पक्राउ ग¥यो। कार्यालयका निमित्त प्रमुख गम्भिर विष्टसहित यातायात कार्यालयका अधिकृत भुवन जोशी र जयराज कारीगरलाई अख्तियारले  पक्राउ गरेको थियो।

उनीहरुलाई सवारी साधन बिक्री गरी नामसारी गरी दिए वापत सेवाग्राहीसँग लिएको एक लाख ६६ घुस सहित अख्तियार कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले पक्राउ गरेको थियो। असोजमा उनीहरुविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता भयो। 

एक लाख ६६ घुस हजार घुस सहित पक्राउ गरेपनि अख्तियारले १५ हजार सहित पक्राउ गरिएको भन्दै बिगो माग दावी सहित मुद्दा दायर गरेको थियो। असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी टोपबहादुर विष्टले भनेका थिए, ‘उनीहरुबाट एक लाख ६६ हजार बरामद गरिएको भएपनि सेवाग्राहीबाट १५ हजार मात्र लिएको देखिदा सोही अनुसार मुद्दा दर्ता गरिएको हो।’

घटना २
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले यसै आर्थिक बर्षमा विभिन्न क्षेत्रबाट चोरीका ८ वटा मोटसाईकल बरामद ग¥यो। मोटरसाईकल बरामद गर्दा चोरीमा संग्लन व्यक्ति पनि पक्राउ परे। कञ्चनपुरको लालझाडी गाउपालिका वडा नं. ४ बस्ने बर्ष ३५ का बहादुर राना, बेतकोट नगरपालिका वडा नं. ६ बस्ने बर्ष ३५ का राज कुमार राना, सोही ठाउँका २५ बर्षीय हरेन्द्र राना, ३० बर्षीय सुबेश राना पक्राउ परे।

यस्तै लालझाडी गाउपालिका वडा नं. १ बस्ने बर्ष ४२ का रामनिवास राना, शुक्लाफाँटा नगरपालिका वडा नम्वर १२ घर भई हाल जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नम्वर ३ मिलन चोक बस्ने बर्ष २७ का श्याम राना, कञ्चनपुर बेतकोट नरपालिका वडा नम्वर ६ बस्ने वर्ष २८ का रामलाल राना, बेतकोट नगरपालिका ५ बस्ने वर्ष १८ का प्रदिप राना, बेतकोट नगरपालिका वडा नम्वर ५ का बर्ष २७ का लक्ष्मी रानालाई पनि प्रहरीले पक्राउ ग¥यो।

‘चोरीमा संग्लन पक्राउ परेपछि उक्त गिरोहले सवारी साधन चोरी मात्र नभएर कागजात किर्ते पनि गर्दै आएको खुल्यो,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाक्षेत्रीले भने, ‘त्यसपछि हाम्रो अनुसन्धान यातायात कार्यालय तर्फ केन्द्रित भयो। धेरै मोटरसाईकल सेती अञ्चलका भएका कारण अनुसन्धानपति सेती अञ्चलमै केन्द्रित गरेका थियौँ।’

अनुसन्धानकै क्रममा मोटरसाईकल चोरी र कागजात किर्तेमा यातायता व्यवस्था कार्यालय कैलालीका कर्मचारीको समेत संग्लनता देखिएको उनले बताए। ‘यातायात व्यवस्था कार्यालय धनगढीमा सहायक कम्प्युटर अपरेटर जितेन्द्र  राना र कार्यालय सहयोगी  गणेश भट्टराई पनि पक्राउ गरेका छौ। सरकारी छाप दस्तखत किर्तेमा मुद्धा दर्ता भईसकेको छ।’ प्रहरी नायव उपरिक्षक थापाक्षेत्रीले भने। 

०००
यि तीन घटना प्रतिनिधी पात्र हुन्। बिचौलीया र कर्मचारीको मिलोमतोमा यातायात व्यवस्था कार्यालयमा अनियमितता मौलाएको छ। ‘सेवाग्राहीको भीडभाड हुने यातायात कार्यालयमा बीना कमिसन काम नै नहुने समस्या रहेको छ,’कार्यालयमै भेटिएका एक जना सेवाग्राही टेकराज जोशीले भने, ‘सवारी चालक अनुमती पत्रको लिखित र प्रयोगशात्मक परीक्षा, नविकरण, जाँचपास, सवारी साधन दर्ता, नामसारी लगायतका काम बीना कमिसन नहुने समस्या रहेको छ।’

यता यातायात कार्यालय कैलालीका प्रमुख लक्ष्मण शाहले भने कमिसन बीना काम नै नहुने गुनासोमा सत्यता नभएको बताए। ‘धेरै राम्रा काम पनि भएका छन्,’ उनले भने, ‘दुई चार वटा घटना सार्वजनिक हुँदैमा बीना घुस काम नै हुँदैन् भन्ने कुरा होईन्।’

सुदूरपश्चिमका नौँ जिल्लामध्ये सवारी चालक अनुमती पत्र वितरण, जाँचपास, नविकरण, नामसारी लगायतका काम कैलाली र कञ्चनपुरमा मात्रै हुने गरेको छ। पहाडी जिल्लामा रहेका सेवा कार्यालय मार्फत सेवा प्रवाह हुन सकेको छैन्। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस