सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीन पाइलटसहित नौ उडान कर्मचारीमा कोभिड–१९ सङ्क्रमण

२०७७ असार २३, ०७:३५ रासस

काठमाडौँ: नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सका तीन पाइलटसहित नौ उडान कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ। चार्टर्ड उडानमा सहभागी चालक दलका नौ सदस्यको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए।

सोमबार सात जनामा कोभिड सङ्क्रमण देखिएको थियो। चालक दलका अन्य सात जनाको पिसिआर परीक्षण गर्दा थप दुई जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको उनले उल्लेख गरे। निगमका उडान कर्मचारी उद्धार उडानका क्रममा सोल्टी होटलमा क्वारेन्टिनमा बसेका थिए।

निगमले अत्यावश्यक स्वास्थ्य सामग्री तथा स्वास्थ्य मापदण्डमा रहेर उडान सञ्चालन गरिरहेको थियो। निर्धारित उडान सकेर क्वारेन्टिनबाट घर पठाउने क्रममा पिसिआर परीक्षण गर्दा पाइलटसहित चालक दलका सदस्यलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो। निगम व्यवस्थापनले थप सतर्कता अपनाई पूर्वनिर्धारित उद्धार उडान यथावत् सञ्चालन हुने पनि जनाएको छ।
 

कमेन्ट लोड गर्नुस