सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका सशस्त्र प्रहरी जेठाराद्वारा गाउँपालिकालाई जग्गा दान

२०७७ असार २३, ०७:०८ खबर संवाददाता

बझाङ: बझाङको थलारा गाउँपालिका –५ स्थायी घर भएका हाल सशस्त्र प्रहरी बल नेपालमा कार्यरतसशस्त्र प्रहरी नायब निरीक्षक पदम बहादुर जेठाराले गाउँपालिकाको भवन निमार्णका लागि आफ्नो जग्गा दान गरेका छन्।

उनले आफ्ना स्वर्गिय बुवा चन्द्रबहादुर जेठारा र आमा कमलादेवी जेठाराकाे स्मृतीमा थलाराकै वडा नम्बर ८ सेडधार भन्ने स्थानमा १५ लाख बराबरको ६ रोपनी जग्गा दान गरेका हुन। जग्गादाता जेठारा कोहलपुर राजस्व चुहावट नियन्त्रण गुल्ममा कार्यरत छन्।

साथै निजले गतवर्ष पनि थलारा गाउँपालिका –५ मा रहेको १ रोपनी जग्गा स्थानीय  ग्यालेक्सी स्पोर्ट्स क्लबलाई भवन निर्माण लागि दान गरेका थिए।

कमेन्ट लोड गर्नुस