सुदूर नेपाललाई विश्वसँग जोड्दै

मालिकनीलाई देखाउन ससुराले कुटे बुहारी, श्रीमानले बनाए भिडियो

२०७७ असार २३, ०६:५६ खबर संवाददाता

धनगढी: अछामको मंगलसेन नगरपालिका –३ लाछिमना घर भइ हाल भारतको पुनामा बस्दै आएका एक ससुराले आफ्नी बुहारीलाई मरणासन्न हुनेगरी कुटेको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल बनेको छ। ससुरा कालु भुलले बुहारी भरु बिकलाई कुटपिट गरेको भिडियो भाइरल भएको हो।  

बुहारीले काम गर्ने घरकी मालिकनीको लिपिस्ष्टिक र घडी चोरेको भन्दै सुसुराले बुहारीलाई  कुटेका थिए। झनै अचम्म लाग्दो कुरा त यो छ की उक्त कुटेको भिडियो ती बुहारी(भरु) कै श्रीमान दिनेशले खिचेका हुन। काम गर्ने घरमा मालिकनीको लिपिष्टिक र घडी चोरेको भन्दै मालिकनीलाई यसरी कुटेको भन्दै देखाउनलाई भिडियो खिचिएको बताइएको छ। 

भरुले एक वर्ष पहिले दिनेशसँग भागी विवाह गरेकी थिइन्। १६ वर्षीया भरुको माइती मंगलसेन नगरपालिका ७ जनालीबण्डीमा पर्छ। 

सामाजिक सन्जालमा कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि घटनाको विरोध गर्दै कानुन अनुसार कार्वाहीको माग गरिएको छ। घटनाबारे नेपाल प्रहरीले आफ्नो ध्यानाअकर्षण भएको जनाएको छ। नेपाल प्रहरीले भनेको छ, ‘सामाजिक संजालमा महिला उपर ससुराद्वारा भएको कुटपिटको भिडियो क्लिप प्राप्त हुनासाथ जिपका अछाममार्फत छानबिन अगाडि बढाइएकोमा सो घटनामा संलग्न परिवारका सदस्यहरु हाल भारतमा बसोबास गरिरहेको र उक्त घट्ना अछाममा नभई भारतको महाराष्ट्रमा भएको खुल्न आएको व्यहोरा जानकारी गराउँदछौं।’

कमेन्ट लोड गर्नुस