सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य कार्यालय डडेल्धुराद्वारा रक्त सञ्चार केन्द्रलाई आवश्यक सामग्री सहयोग

२०७७ असार २३, ०२:५६ खबर संवाददाता

धनगढी: स्वास्थ्य कार्यालय डडेल्धुराले रक्त सञ्चार सेवा केन्द्रलाई आवश्यक सामग्री सहयोग गरेको छ।

जिल्लामा सञ्चालनमा रहेका रक्त सञ्चार केन्दलाई सहयोग कार्यक्रम अन्तरगत मंगलबार सामग्री हस्तान्तरण गरिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले बताए। 

उनले रक्त सञ्चार केन्द्रलाई करिब ३ लाख ८० हजार बराबरको सामग्री हस्तान्तरण गरेको बताए। सेवा केन्द्रका प्रमुख गणेश बहादुर ऐरले स्वास्थ्य कार्यालयबाट माइक्रोस्कोप, सेज्ट्रीफियुज मसिन, इन्क्यूबेटर, हट एयर ओभन लगायतका सामग्री प्राप्त भएको बताए। प्राप्त सामग्रीले सेवा केन्द्रको व्यवस्थापनमा केही सहजता हुने उनले विश्वास व्यक्त गरे। 

कमेन्ट लोड गर्नुस