सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सडकमा बास बस्दै आएका आमाछोराको उद्धार

२०७७ असार २३, ०१:३१ खबर संवाददाता

धनगढी: कैलालीमा सडकको बास भएका आमाछोराको उद्धार गरिएको छ। ‘खाना पुगोस, दिन पुगोस’ अभियानको विशेष पहलमा जिल्लाको जोशीपुर गाउँपालिका अन्तर्गत जोशीपुर बजारमा बिगत ३ वर्षदेखि सडकमा बास गरिरहेका ५० वर्षीया आमा जगतरा परियार र १० वर्षीया छोरा पारस परियारको उद्धार गरिएको हो।

बजार तथा गाउँमा माग्दै दैनिकी चलाउँदै आइरहेका आमा छारोको जीवन लकडाउनका कारण थप समस्यामा परेको थियो। अतिबिपन्न परियारलाई राहत वितरण गर्ने क्रममा खाना पुगोस, दिन पुगोस अभियानका अभियन्ता आलोकजंग साउदले उनीहरुको बारेमा समाजिक संजालमार्फत भिडियो सार्वजनिक गरेका थिए। 

भिडियो सार्वजनिक भएसागै स्वदेश तथा व्दिेशमा रहेका नेपालीहरुबाट सहयोगहरु जुट्न थालेको थियो। सोही सहयोग र गाउापालिकाको समन्वयले सोमबार उनीहरुको उद्धार गरिएको समाजिक अभियन्ता आलोकजंग साउदले जानकारी दिए। अभियन्ता साउदका अनुसार उनीहरुलाई गास, बास र कपासको वयवस्था गरिएको छ। हाल बजारमा भत्कीएको हाटबजारको भवनलाई मर्मतगरी उनीहरुको व्यवस्थापन गरिएको र गाउँसरकारले जग्गा उपलब्ध गराए उनीहरुका लागि घर निर्माण गरिने बताइएको छ।

जोशीपुर गाउँपालिकाका अध्यक्ष राम कृष्ण चौधरीले आगामी दिनमा उनीहरुको हेरचाहको जिम्मा गाउँ सरकारले लिने आश्वासन दिएको समेत अभियन्ता साउदले बताएका छन्। श्रीमान बेपत्ता भएपछि बेसहारा बनेकी उनी मानसिक तनाबले छोरा लिएर घरबाट निस्कीएको र आफन्तहरुले पनि बेवास्था गरेको बुझिएको छ। 

बिगतका केही वर्ष कैलालीका विभिन्न बजार क्षेत्रमा पुगी सडकमा बसेका उनीहरु ३ वर्ष यता भने जोशीपुर बजारको सडक पेटीमा बस्दै आएका थिए। 

कमेन्ट लोड गर्नुस