सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुशान्तको अन्तिम चलचित्र ‘दिल बेचरा’को ट्रेलरले राख्यो युटुबमा नयाँ रेकर्ड

२०७७ असार २३, १२:१७ खबर संवाददाता

नायक सुशान्त सिंह राजपुत अभिनित अन्तिम चलचित्र ‘दिल बेचरा’को ट्रेलर सोमबार सार्वजनिक भएको छ। सार्वजनिक भएको एक दिन पनि नवित्दै यो ट्रेलरले युटुबमा नयाँ रेकर्ड राखेको छ।

चलचित्रको ट्रेलरलाई ५० लाख लाइक मिलेको छ। यो कुनै पनि चलचित्रको ट्रेलरले पाएको सबैभन्दा बढी लाइक हो। यसअघि भारतीय चलचित्र ‘जीरो’लाई २० लाख लाइक मिलेको थियो।

चलचित्रको ट्रेलरमा ५० लाख लाइक आउँदा जम्मा १६ हजार मात्र डिसलाइक आएको छ। मुकेश छावराको निर्देशनमा तयार भएको यो चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज हुँदैछ।

फक्स स्टार स्टूडियोले निर्माण गरेको चलचित्रमा ए आर रहमानको संगीत छ। क्यान्सरसँग लडिरहेकी एक यूवती र एक यूवकको विचको प्रेम कथामा चलचित्र बनेको छ। चलचित्रमा सुशान्तसँगै सन्जना सान्घीले काम गरेकी छिन्।
 

कमेन्ट लोड गर्नुस