सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा चिठ्ठा परेको भन्दै इमोबाट ठगी गर्ने गिरोह सक्रिय

गत पुसमा पक्राउ परेका चिठ्ठा परेको बाहाना देखाएर ठगी गर्ने सात जना
गत पुसमा पक्राउ परेका चिठ्ठा परेको बाहाना देखाएर ठगी गर्ने सात जना
२०७७ असार २३, ११:२९ खबर संवाददाता

धनगढी : कैलालीमा गलत तरिकाले सर्वसाधारणलाई झुक्याउँदै ठगी गर्ने गिरोह सक्रिय भएको छ। जिल्लाका विभिन्न व्यक्तिहरुलाई सामाजिक सञ्जाल इमो, भाईवरको माध्यमवाट चिठ्ठा परेको बाहाना देखाएर ठगी गर्ने गिरोह सक्रिय भएको हो।

उक्त गिरोह सक्रिय भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले सूचना जारी गर्दै त्यस्तो लोभमा नपर्न जिल्लावासीलाई आग्रह गरेको छ। ‘सामाजिक सञ्जालको प्रयोग गर्दै चिठ्ठा परेको छ भनि बधाई दिएर खाता नम्वर माग्ने, राजश्व तिर्नुपर्छ भनि बैंक खातामा पैशा पठाउन लगाउँदै ठगी गरेको गुनासो आएको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले भने, ‘सूचना जारी गर्दै अपरिच व्यक्तिलाई व्यक्तिगत विवरण नदिन आग्रह गरेका छौ।’

गत पुसमा कैलाली प्रहरीले इमोबाट चिठ्ठा परेको भन्दै १० लाख चार हजार ठगेको आरोपमा आइएमई काउन्टर सञ्चालकसहित सातजनालाई पक्राउ गरेको थियो।

मोरङ सुन्दरहरैचा नगरपालिका–१२ कि आइएमई काउन्टर सञ्चालक ३८ वर्षीया ईन्दिरा पुरी, आइएमईमै काम गर्ने ४२ वर्षीय मनमहोन अधिकारी, विराटनगर महानगरपालिका–१० मा रहेको सजिलो मनिट्रान्सफर सञ्चालक ३७ वर्षीय विश्वनाथ राजवंशी, मोरङ रंगेली नगरपालिकाका २८ वर्षीय भवेशकुमार मण्डल, २२ वर्षीय अब्दुल सलाम, भारत बिहार प्रदेश अररीया जिल्ला आमगाछी ग्रामपञ्चायतका  २५ वर्षीय शतिष मण्डल र ५५ वर्षीय मोहम्मद ईसुलाई पक्राउ गरिएको थियो। 

 

कमेन्ट लोड गर्नुस