सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भीरबाट लडेर गम्भीर घाइते सुरेन्द्रको आर्थिक अभावका कारण उपचार भएन

२०७७ असार २२, ०५:५४ विन्दु चन्द

धनगढी: बैतडीमा भीरबाट लडेर एक जना गम्भीर घाइते भएका सुरेन्द्र सार्कीको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर १  सन्तोला बस्ने मदन सार्कीका  १९ वर्षीय छोरा सुरेन्द्र सार्की भीरबाट लडेर गम्भीर घाइते भएका थिए। 

१९ गते शुक्रबार दिउँसो वडा नम्बर ४ अम्चोरास्थित मामाको घर जाने बेला वडा नम्बर १ पालडीद्धारी भन्ने ठाउँमा भीरबाट लडेर उनी गम्भीर घाइते भएको परिवार स्रोतले जनाएका छ। गम्भीर घाइते भएका उनलाई सोही दिन उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो। उनको घाँटी र छातीमा भित्रि चोट लागेका कारण उनको उपचार यता सम्भव नभएपछि अस्पतालले उनलाइ कोहलपुर अथवा भारत लैजान भनेको थियो। 

तर आर्थिक अभावका कारण शनिबार बिहान ११ बजे सेती अस्पताल पुर्याइएका घाइते सार्कीलाई सोही दिन राती ९ बजे फिर्ता घर लगिएको छ। आर्थिक अभावका कारण उपचार गर्न नसकिरहेको घाइते सार्कीका दाई बिरेन्द्र सार्कीले बताए। उनले भने, ‘घरको आर्थिक अवस्था एकदम नाजुक छ। यस्तो समयमा ऋण पनि कसैले दिदैन्, डक्टरले २/३ लाखसम्म खर्च लाग्न सक्छ भनेको छ। त्यति पैसा अहिले तत्काल कहाँबाट ल्याउने।

अहिले उनलाई घरमै झाँक्रीको भरमा राखिको छ। घटना भएको आज ४ दिन भइसकेको छ  नभे घाइते सुरेन्द्रको होस नै खुलेको छैन्। 

घाइते सार्कीका परिवारले सहयोगको लागि अपिल समेत गरेका छन्। सहयोग गर्न इच्छुकले मोबाइल नम्बर ९८६५९६००३१, ९८०१९५२३३६ र ९८६५७९५०९० मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ।  

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस