सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा अस्पतालमा स्थापना गरिएको पिसीआर मेसिनको उद्घाटन, हालसम्म करोड बढी खर्च

२०७७ असार २२, ०३:२० खबर संवाददाता

धनगढी: चन्दा संकलन गरेर डडेल्धुरा अस्पतालमा स्थापना गरिएको पिसीआर मेसिनको उद्घाटन गरिएको छ। सोमबार जिल्ला समन्वय समिति डडेल्धुराका संयोजक गणेश भट्टले मेसिनको औपचारिक उद्घाटन गरेका हुन। 

हयुम्यानिटी फाउन्डेसन नेपाल र सुदूरपश्चिम समाज अमेरिकाको पहलमा जनस्तरबाट रकम संकलन गरिएको रकमबाट उक्त पिसीआर ल्याब स्थापना गरिएको हो। उद्घाटन कार्यक्रममा फाउन्डेसनका अध्यक्ष श्याम तायलसहितको टिम उपस्थित भएको थियो। 

फाउण्डेनसले पिसिआर स्थापनाका लागि हालसम्म १ करोड ६ लाख ६७ हजार ५ सय ९५ खर्च भएको जनाएको छ। उक्त मेसिन स्थापनका लागि हालसम्म विभिन्न दाताहरुबाट ९७ लाख संकलन भएको छ। र प्रतिवद्धता भएको रकम संकलन हुन बाँकि रहेको फाउण्डेनसले जानकारी उद्घाटन कार्यक्रममा दिएको छ। 

जनसहभागितमा सम्पन्न उक्त अभियान नेपालकै लागि एउटा उदाहरण भएको भन्दै सम्पूर्ण सहयोगीहरुलाई हयुम्यानिटी फाउन्डेसनका अध्यक्ष तायलले आभार व्यक्त गरेका छन्। 

स्थापना भएको पिसीआर मेसिनबाट बिहिबारबाट नै परीक्षण सुरु भइसकेको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रयोगशालाका इञ्चार्ज रमेश शाही र काठमाडौंबाट आएका इञ्जिनियर सहितको टोलीले पिसीआर मेसिनको गुणस्तर परीक्षण गरेका थिए। अहिले डडेलधुरा अस्पतालका ल्याब इञ्चार्ज इश्वारी भुसालकोृ नेतृत्वमा ६ जनाको टिमले उक्त मेसिनबाट कोरोना परीक्षण गरिरहेको छ। 

पिसीआर मेसिन स्थापना भएसँगै सुदूरपश्चिमका पहाडी जिल्लावासीलाई कोरोना परीक्षण गर्न सहज हुने विश्वास लिइएको छ। 

कमेन्ट लोड गर्नुस