सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैज्ञानिकहरुको चेतावनीः कोरोना भाइरस हावाको माध्यमबाट पनि फैलिँदैछ

२०७७ असार २२, ०२:४७

कोरोना भाइरसको महमारीलाई लिएर विश्वका २ सय ३९ जना वैज्ञानिकले विश्व स्वास्थ्य संगठनलाई चेतावनी दिएको छ। विश्वका ३२ मुलुकका २ सय ३९ जना वैज्ञानिकहरुले कोरोना भाइरसको सामान्य कणपनि हावामा लामो समयसम्म जीवित रहने भएकाले कोरोना महामारी सम्बन्धी मापदण्ड परिमार्जन गर्न भनेको छ।

न्यूयोर्क टाईम्सका अनुसार विश्व स्वास्थ्य संगठनलाई लेखिएको पत्रमा पछिल्लो समय कोरोना भाइरसको सामान्य कणपनि लामो समयसम्म जीवित रहने भएकाले कोरोना संक्रमणमा तीव्रता आएको उल्लेख गरिएको छ।  अस्ट्रेलियाको क्वीन्सल्याण्ड यूनिभर्सिटी अफ टेक्नोलोजीका प्रोफेसर लिडिया मोरावस्काले हामीले गरेको अध्ययन शतप्रतिशत सहि रहेको बताएकी छन्। 

वैज्ञानिकहरुको सुझाव र चेतावनीपछि कोरोना महामारीलाई लिएर संगठनले कोरोना महामारी सम्बन्धी मापदण्डलाई परिवर्तन गर्नुपर्ने हुन सक्छ। वैज्ञानिकहरुले पछिल्लो २ महिनामा गरिएको अध्ययनमा कोरोना भाइरसको संक्रमण हावाको माध्यमबाट हुन थालिएको पुष्टि भएको पनि पत्रमा उल्लेख गरेका छन्।

ईरान सरकारले सार्वजनिक स्थानमा मास्क लगाउन अनिवार्य गरिदिएको छ। ईरानमा एकैदिन १ सय ६३ जनाको कोरोना भाइरसका कारण मृत्यु भएपछि ईरान सरकारले नियमहरुमा कडाई गर्न थालेको छ। ईरानमा पछिल्लोपटक ईदलाई लिएर लकडाउनलाई खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या बढ्न थालेको छ।

ईरान सरकारका अनुसार सामाजीक दूरी सम्बन्धी नियमलाई पनि कडाईं गर्ने र नियम उल्लघंन गर्नेलाई कारबाही गरिने व्यवस्था फेरि लागू हुनेछ। -एजेन्सी

कमेन्ट लोड गर्नुस