सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सोमबार थपिएका ७ कोरोना संक्रमित कुन वडाका कति ?

२०७७ असार २२, ०२:३५ खबर संवाददाता

धनगढी : सोमबार धनगढीका सात सहित कैलालीका थप ८ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा तीन महिला र पाँच पुरुष गरी कैलालीका ८ जनामा कोराना पुष्टि भएको हो।

धनगढी उप–महानगरपालिका वडा नम्वर २ का २५ बर्षीय युवक, वडा नम्वर ३ का ३३ बर्षीय युवक, वडा नम्वर ७ की ३३ बर्षीय महिला, वडा नम्वर १२ का ५२ बर्षीय पुरुष, सोही वडाका ४८ बर्षीय पुरुष, वडा नम्वर १४ की ३५ बर्षीय महिला, सोही वडाका २२ बर्षीय युवकमा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। 

यस्तै कैलालीकै गेदावरी नगरपालिका वडा नम्वर १० की ३० बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको उनले बताए। ८ जना थपिएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार ६ सय ८६ पुगेको छ। संक्रमण पुष्टि भएका ८ जनाको मृत्यु भईसकेको छ भने ६ सय ६२ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। 
 

कमेन्ट लोड गर्नुस