सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारको एक निर्वाचन क्षेत्र एक पर्यटकिय गन्तव्यको तीन करोड पनि मन्दिरमै

२०७७ असार २२, ०९:५५ खबर संवाददाता

धनगढीः पर्यटन प्रवर्द्धनका नाममा समुदाय र जात विशेषका मठमन्दिरमा लगानी गर्दै आएको सुदूरपश्चिम सरकारले एक निर्वाचन क्षेत्र एक पर्यटकिय गन्तव्यको बजेटमा समेत मन्दिरलाई नै प्राथमिकता दिएको छ।

प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले अगामी आर्थिक वर्षका लागि एक निर्वाचन क्षेत्र एक पर्यटकिय गन्तव्यका लागि १० लाखका दरले बजेट विनीयोजन गरेकोमा अधिकांश योजना मन्दिरका रहेका छन्। ३२ वटा निर्वाचन क्षेत्र मध्ये १५ वटामा १० लाखका दरले एक करोड ५० लाख बजेट मन्दिर निर्माण तथा भौतिक पूर्वाधार विकासका लागि विनीयोजन गरिएको छ।

कैलालीमा एक निर्वाचन क्षेत्र एक पर्यटकिय गन्तव्यमा टीकापुर नगरपालिका १ मा रहेको मोहन्याल मन्दिर निर्माणका लागि १० लाख, जोशीपुर गाउँपालिका वडा नम्बर ४ मा रहेको शिव मन्दिर निर्माणका लागि १० लाख, गौरीगंगा नगरपालिका वडा नम्बर ८ मा पनि शिवमन्दिर निर्माणका लागि १० लाख,कैलारी गाउँपालिका १ मा रहेको लखवाताल पूर्वाधार विकासका लागि १० लाख बजेट विनीयोजन गरिएको छ।

यस्तै कैलारी गाउँपालिका ९ मा रहेको कोइली ताल संरक्षण, मोहन्याल गाउँपालिका ७ को लम्की–राजकाडा पदमार्ग निर्माण, घोडाघोडी नगरपालिका ९ मा रामगड पिकनिक स्पोट निर्माण, बर्दगोरिया गाउँपालिका ४ मा पुरैना ताल भौतिक पूर्वाधार निर्माण र धनगढी उपमहानगरपालिका ११ को बेलाताल संरक्षणका लागि समेत एक निर्वाचन क्षेत्र एक पर्यटकिय गन्तव्य कार्यक्रममा १० लाखका दरले बजेट छुट्याईएको छ।

यसैगरी डोटीको दिपायल सिलगढी नगरपालिका ३ को दिलपेश्वर मठ बासुधारा क्षेत्र पूर्वाधार विकास, बझाङको जयपृथ्वी नगरपालिकाको मष्टो मन्दिर चैतोल मेला माटेसागु, डोटीको फुटसिल गाउँपालिकामा पर्ने गौणेमाण्डौँ पर्यटकिय गन्तव्य पूर्वाधार विकास, कञ्चनपुरको बेलौरीमा रहेको बन्दाताल पर्यटकीय गन्तव्य पूर्वाधार विकास,

कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका ८ को बतासो झर्ना नील ताल क्षेत्र पूर्वाधार विकास, भीमदत्त नगरपालिका १० को सिद्धनाथ बैद्यनाथ बाराकुण्डा क्षेत्र निर्माण तथा संरक्षण, वेदकोट नगरपालिका ६ मा रहेको सिद्धसरोवर बन्दा ताल संरक्षण, लाझाडी गाउँपालिका ४ को इटाहबाबा मन्दिर पूर्वाधार विकासका लागि पनि एक निर्वाचन क्षेत्र एक पर्यटकिय गन्तव्य अन्तरगत १०÷१० लाख बजेट विनीयोजन भएको छ।

दार्चुलाको नौगाड गाउँपालिका ३ को ताराकोट पर्यटकिय पद मार्ग निर्माण, डडेल्धुराको अजयमेरु ४ को भावेश्वर मन्दिर पूर्वाधार विकास, दार्चुलाको मालिकार्जुन गाउँपालिकाको जोल जीवीमेला पर्यटन गडन्तव्य, बाजुराको छेडेदह गाउँपालिका वडा नम्बर ७ को छेडेदह क्षेत्र सुधार तथा पदमार्ग निर्माण, बझाङको मष्टामाण्डौँ दुर्गाथली, कञ्चनपुरको महाकाली नगरपालिका ७ मा पिकनिक स्पोट निर्माण,

पुर्नवास नगरपालिका वडा नम्बर ३ को नक्कली शहिद पार्क, डडेल्धुराको आलिताल गाउँपालिका ३ को आलिताल क्षेत्रको पूर्वाधार विकास, बजुराको बुढिनन्दा नगरपालिका २ मा गुम्बा निर्माण, गोदावरी नगरपालिका ४ को वनदेवी क्षेत्र पर्यटकीय विकास,अछामको चौरपाटी देवभूमी पर्यटन क्षेत्र विकास, अछामको मंगलसेनको जाल्पादेवी मन्द्यिर कुन्तिधारा पर्यटकीय क्षेत्र विकास र अछामकै रामारोशन गाउँपालिकाको खालबजार समैचा पदमार्गका लागि समेत १०÷१० लाख बजेट विनीयोजन गरिएको छ। 

कमेन्ट लोड गर्नुस