सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाईते, एकको अवस्था गम्भीर

२०७७ असार २२, ०६:३८

धनगढी : कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा दुईजना घाईते भएका छन्।

जिल्लाको टीकापुर नगरपालिकामा आईतबार स्थानीय ४५ वर्षीय सेकु चौधरीले चलाएको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा चौधरी र उनकी श्रीमती घाईते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले दुर्घटनामा परी घाईते भएका सेकु चौधरीको अवस्था गम्भीर रहेको छ।

उनको कोहलपुरमा आइसियुमा राखेर उपचार भईरहेको प्रहरी नायब उपरिक्षक विष्टले बताए।

कमेन्ट लोड गर्नुस