सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका चार साहित्यकारलाई सरकारले प्रतिभा पुरस्कार प्रदान गर्ने

२०७७ असार २०, ०६:४४ खबर संवाददाता

धनगढी : सुदूरपश्चिमका चार जना साहित्यकारलाई सरकारले प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ। सस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले हरेक बर्ष वितरण गर्दै आएको प्रतिभा पुरष्कारको घोषणा गरेको हो।

सस्कृति विधा तर्फ कैलालीका सुरतवहादुर शाह, संगित तथा नाट्य विधामा बैतडीका मनोहर राम दमाई, ललितकला विधामा डोटीका रविन्द्रवहादुर चन्द र भाषा तथा साहित्य विधामा धनगढीका मिहिलाल उपाध्यायलाई प्रादेशीक प्रतिभा पुरष्कार मार्फत सम्मान गर्ने सस्कृती पर्यटन तथा नागरीक उड्यन मन्त्रालयले जनाएको छ।

उनीहरुलाई सस्कृति संरक्षणमा महत्वपुर्ण योगदान पुगाएको भन्दै ५० हजार नगद सहित पुरस्कार वितरण गरिने छ। 
 

कमेन्ट लोड गर्नुस