सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश १ मा ३८ नयाँ सङ्क्रमित थपिए

२०७७ असार २०, ०८:४३ रासस

प्रदेशं १ मा शुक्रबार ३८ जना कोभिड–१९ सङ्क्रमित थपिएका छन्। यसरी सङ्क्रमित हुनेमा चार महिला र ३४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार झापामा २८, मोरङ र उदयपुरमा पाँच-पाँच जनामा कोभिड–१९ पोजेटिभ रिपोर्ट देखिको छ। झापाको मेचीनगरमा १४, हल्दीबारीमा तीन, अर्जुनधारामा दुई महिलासहित आठ, विर्तामोडमा एक महिला, कनकाईमा एक महिलासहित दुई, मोरङको विराटनगरमा तीन, बेलबारी र बूढीगङ्गामा एक÷एक, उदयपुरको वेलकामा पाँच जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ। योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या ६५३ पुगेको छ। 

यस्तै प्रदेशबाट शुक्रबार छ जना सङ्क्रमितको निको भई घर फर्केका छन्। घर फर्कनेमा मोरङका चार र सुनसरीका दुई जना रहेका छन्। प्रदेशमा निको हुने सङ्क्रमितको सङ्ख्या ४०६ पुगेको छ।
 

कमेन्ट लोड गर्नुस