सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा पहिरो जाँदा ७ जना वेपत्ता, १७ घर पुरिए

फाईल फोटो
फाईल फोटो
२०७७ असार २०, ०७:२८ खबर संवाददाता

बझाङ : बझाङमा पहिरो जाँदा सात जना वेपत्ता भएका छन्। जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्वर ८ को एक बस्तीमा पहिरा जाँदा उनीहरु वेपत्ता भएका हुन्। 

वर्षा सँगै गाउँ माथिबाट आएको पहिरोले गयराती वडा नम्वर ८ को मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र बिकले बताए। उनका अनुसार पहिरामा परि सात जना वेपत्ता भएका छन्।

बझाङ प्रहरी प्रमुख डिएसपी गणेश बमले घटनास्थलमा प्रहरी टोली पठाईईएको जानकारी दिए। खोला किनार भएर उक्त गाउँमा जानुपर्ने र खोलामा पानीको बहाव बढेका कारण घटनास्थलमा पुग्न समस्या भईरहेको छ। 
 

कमेन्ट लोड गर्नुस