सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कोरोना पुष्टि भएका युवकले गरे आत्महत्या

२०७७ असार १९, ०५:५७ खबर संवाददाता

बझाङ : सुदूरपश्चिममा कोरोना पुष्टि भएपछि एक युवकले आत्महत्या गरेका छन्। बझाङको खप्तड छान्ना गाउँपालिका वडा नम्वर ७ मा रहेको लामागाडा प्रावि क्यारेन्टानमा बस्दै आएका एक युवकले शुक्रवार आत्महत्या गरेका हुन्। 

खप्तड छान्ना गाउँपालिका ७ गडराय घर भएका १८ वर्षका युवकले आत्महत्या गरेका हुन। जेठ १९ गते भारत वाट आएका उनी क्यारेन्टाइममा बस्दै आएका थिए।

त्यहाँ रहेका २५ जना मध्य कोरोना चेकजाँच गर्दा ५ जनाको आरडिटी रिपोट पोजेटिभ आएपछि पिसीआर गर्दा रावतको मात्र पोजेटिभ देखीएको थियो।

गाउँपालिकाका प्रवक्ता रामबहादुर सिंहका अनुसार कोरना पुष्टि भएर एक्लै बस्दा उनले आत्महत्या गरेका हुन्। 

कमेन्ट लोड गर्नुस