सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल स्वयंसेवक संघ युवा संगठन डडेल्धुराको अध्यक्षमा भण्डारी

२०७७ असार १८, ०७:३७ खबर संवाददाता

डडेल्धुरा: नेपाल स्वयंसेवक संघ, युवा संगठन डडेल्धुराको अध्यक्षमा दिपा भण्डारी चयन भएकी छन्। सामाजिक सेवामा समर्पित स्वयंसेवक संघले बिहिबार जुममार्फत गरेको मिटिङले भण्डारीसहितको १५ सदस्यीय समिति चयन गरेको हो। 

जसको उपाध्यक्षमा सुरज तमौली, सचीवमा प्रशान्त कार्की, सहसचिवमा दिपकराज भट्ट, कोषाध्यक्षमा सावित्री गुरुङ चयन भएका छन्। यस्तै  सदस्यहरुमा श्याम ओली, सन्जना पाठक, डम्बर बिक, जनक जोशी, शान्ति अवस्थी, केशव पन्त, दिनेश भाट, प्रेम साउद र  राजेन्द्र बिक चयन भएका छन्।  

गठित स्वयंसेवक संघको युवा संगठन डडेल्धुराले समाज रुपान्तरण तथा स्थानीय स्तरमा विभिन्न जनचेतनामुलक अभियान संचालन गर्ने अध्यक्ष दिपा भण्डारीले बताइन। ‘हामी अब समाजमा रहेका कुरिती, कुसंस्कार र भ्रष्टाचार जस्ता क्रियाकलापलाई न्यूनिकरण गर्दै समाज रुपान्तरण सहितको राष्ट्र निर्माण गर्ने देशव्यापी अभियानमा लाग्ने छौ’ उनले भनीन। 

समुदायमा सामाजिक जागरणको माध्यमबाट लैगिंक तथा जातीय विभेदलाई कम गर्न जनचेतना अभिवृद्धिमा जोड दिने संस्थाको मुख्य उदेश्य रहेको बताइएको छ।  एक वर्षअघि समाजसेवा गर्ने उदेश्यले  बिस्तार भएको उक्त संगठन अहिले नेपालका सात वटै प्रदेशमा गठन भइसकेको छ। अब सबै जिल्लाहरुमा स्वयंसेवक संघको संगठन बिस्तार गर्ने राष्ट्रिय स्वयंसेवक संघ नेपाल युवा संगठनका सुदूरपश्चिम प्रदेश अध्यक्ष हिक्मत शाहले बताए। उनका अनुसार सुदुरपश्चिम प्रदेशको डोटी बाहेकका सबै जिल्लामा समिति गठन भइसकेको छ।

 

कमेन्ट लोड गर्नुस