सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा मानवसेवा आश्रमलाई सहयोग

२०७७ असार १८, ०६:४९ खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का तेजेन्द्र जेठाराले आफ्नी छोरीको जन्मदिनको अवसरमा मानबसेवा आश्रमलाई खाद्यान्न सहयोग गरेका छन्। उनले छोरी स्मारिका जेठाराको जन्मदिनको अवसरमा मानवसेवा आश्रमलाई १३ हजार ६ सय २५ बराबरको खाद्यान्न र नगद ५ हजार सहयोग गरेका हुन।

आश्रमको सेवा कार्यलाई थप सरल एवम् सहज बनाउने उद्देश्यले उनले सहयोग स्वरुप २ कार्टुन चाउचाउ , १ पेटी जुस, १ बोरा दाल, ३ बोरा चामल, १ कार्टुन तेल, १ किलो नुन, ५ किलो चिउरा, १ दर्जन बिस्कुट, ५ किलो जेरी, ५ किलो दही, ७ किलो आलु र १ दर्जन लुगाधुने साबुन सहयोग गरेको मानवसेवा आश्रमले जनाएको छ। 

कमेन्ट लोड गर्नुस