आज डोटीमा थपिएका ५८ जना कोरोना संक्रमित मध्ये कुन वडाका कति ?
धनगढी: स्वास्थ्य कार्यालय डोटीका अनुसार बिहिबार डोटीमा थप ५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो आँकडासँगै डोटीमा संक्रमितको संख्या ४ सय ८१ पुगेको छ।
बिहिबार जिल्लाका ४ वटा स्थानीय तहमा कोरोना संक्रमित थपिएका छन्। ती मध्ये आदर्श गाउँपालिकामा सबैभन्दा बढी २५ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ। आदर्शको वडा नम्बर १ का १० पुरुष र एक महिला गरी ११ जना, वडा नम्बर ३ र ७ का ५÷५ जना पुरुष, वडा नम्बर २ का ३ पुरुष र वडा नम्बर ६ का एक पुरुष गरी २८ जना संक्रमित थपिएका हुन।
त्यसैगरी शिखर नगरपालिकाको वडा नम्बर ११ का ९ पुरुष ४ महिला गरी १३ जना, वडा नम्बर ४ का ४ महिला र २ पुरुष गरी ६ जना र वडा नम्बर १० का एक पुरुष गरी २० जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै पूर्विचौकी गाउँपालिकाको वडा नम्बर ३ का ५ पुरुष र एक महिलागरी ६ जना र वडा नम्बर ७ का ३ पुरुष गरी जम्मा ९ जनामा कोरोना पुष्टि भएको छ।
यसैगरी जिल्लाको सायल गाउँपालिकाको वडा नम्बर २ का ७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ।