सुदूर नेपाललाई विश्वसँग जोड्दै

चन्दा संकलन गरेर डडेल्धुरा अस्पतालमा स्थापना गरिएको पिसीआर मेसिनबाट परीक्षण सुरु

२०७७ असार १८, ०२:२२ खबर संवाददाता

धनगढी: चन्दा संकलन गरेर डडेल्धुरा अस्पतालमा स्थापना गरिएको पिसीआर मेसिनबाट कोरोना परीक्षण सुरु भएको छ। बुधबार साँझ भ्यालिडेसन गरिएको मेसिनबाट आज(बिहिबार) पहिलो दिन १२ जनाको स्बाव परीक्षण गर्ने अस्पतालका ल्याब इञ्चार्ज इश्वारी भुसालले दिनेश खबरलाई बताए।

‘पहिलो परीक्षण गरेका १२ जनाको रिपोर्ट आएपछि पुनः परीक्षणका लागि सेती प्रादेशिक अस्पतालको ल्याबमा पठाइने छ। उता पनि यहाँको जस्तै रिर्पोट आए परीक्षणलाई निरन्तता दिइने छ’ उनले भने। आज परीक्षण गर्न लागिएका स्वाबको रिर्पोट राति ९ बजेसम्म आउने भुसालल बताए।

 ह्युमानिटी फाउन्डेसन नेपाल र सुदूरपश्चिम समाज अमेरिकाद्वारा चन्दा संकलन गरी खरिद गरिएको पिसीआर मेसिन जडानको काम बुधबार साझ सकिएको थियोे।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रयोगशालाका इञ्चार्ज रमेश शाही र काठमाडौंबाट आएका इञ्जिनियर सहितको टोलीले पिसीआर मेसिनको गुणस्तर परीक्षण गरिरहेका छन्। 
 

कमेन्ट लोड गर्नुस