सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको भासु भीर नजिक स्कारपियो दुर्घटना

२०७७ असार १७, ०७:५५ खबर संवाददाता

धनगढी : कैलालीको भासु भीर नजिक स्कारपियो दुर्घटना भएको छ। से १ च २२८० नम्वरको स्कारपियो दुर्घटना भएको हो। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का केशव बहादुर बमको स्कारपियो बडिकेदारबाट धनगढी आउँदै गर्दा कैलालीको चुरे गाउँपालिकास्थित भासु भीर नजिक दुर्घटना भएको हो।

स्कारपियो बम आफै चलाईरहेका थिए। दुर्घटना हुँदा स्कारपियोमा क्षती भएपनि आफुलाई चोट नलागेको बमले जानकारी दिए। उनका अनुसार विपरित दिशाबाट आईरकोे गाडीलाई जोगाउन खोज्दा दुर्घटना भएको हो। 
 

कमेन्ट लोड गर्नुस