सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अवैध सुर्ती सहित एक जना पक्राउ

२०७७ असार १६, ०९:१७ खबर संवाददाता

धनगढी-कैलालीमा अवैध सुर्ती सहित एक जना पक्राउ परेका छन्। जिल्लाको भजनी नगरपालिका वडा नम्बर ३ कुसुमघाटका १८ वर्षिय कमल बोहरालाई टीकापुर प्रहरी र क्षेत्रीयअ नुसन्धान समुह (आरआरटी)ले पक्राउ गरेको हो।

उनलाई मंगलबार दिउँसो टीकापुर नगरपालिका वडा नम्बर ७ सुनाफाँटा क्षेत्रबाट भन्सार छलि ल्याएको दुई बोरा अर्थात झण्डै ५८ हजार सात सय ९० को श्यामल सुर्र्ती सहित पक्राउ गरिएको कैलाली प्रहरीले जानकारी दिएको छ। उनले प्रयोग गरेको से ५ प २३७८ नम्बरको मोटरसाईकल पनि नियन्त्रणमा लिइएको छ।

उनलाई आवस्यक कारबाहीका लागि भन्सार कार्यालय कैलालीलाई बुझाइएको छ।
 

कमेन्ट लोड गर्नुस