एम्बुलेन्स खरिद गर्न वन पैदावार व्यवसायी संघद्वारा एक लाख २८ हजार सहयोग
धनगढी: आईसियू र भेन्टिलेटरसहितको एम्बुलेन्स खरिद गर्नका लागि पर्यावरण संरक्षण तथा वन पैदावार व्यवसायी संघ कैलालीले एक लाख २८ हजार एक सय रुपैँया सहयोग गरेको छ।
सेती प्रादेशिक अस्पतालका लागि आईसियू र भेन्टिलेटरसहितको एम्बुलेन्स र छुट्टै एक बेडको आईसियू तथा भेन्टिलेटर खरिद गर्न संघले एक हजार ५० अमेरिकी डलर अर्थात एक लाख २८ हजार एक सय रुपैँया सहयोग गरेको हो।
रोटरी क्लव धनगढीले आईसियू र भेन्टिलेटर सुविधा सहितको एम्बुलेन्स, छुट्टै आईसियू बेड र भेन्टिलेटर खरिद गर्ने अभियान थालेकोमा सोही अभियानमा संघले पनि सहयोग गरेको हो। रोटरी क्लवले केही साताभित्रै एम्बुलेन्स सहित भेन्टिलेटर र आईसियू खरिद गरेर सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गर्ने जनाएको छ। क्लवले झण्डै ८० हजार अमेरिकी डलर पर्ने सुविधायुक्त एम्बुलेन्स र आईसियू बेड खरिद गर्ने जनाएको छ।