सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको बुढीगंगालाई खाद्यान्न सहयोग

२०७७ असार १६, ०३:४७ रासस

बाजुरा: मानवीय सेवामा अनेकौ प्रयास नामक गैरसरकारी संस्थाले आपत्कालीन सहयोग कार्यक्रम अन्तर्गत बुढीगंगा नगरपालिकालाई २५ क्वीन्टल खाद्यान्न सहयोग गरेका छ।  कोभिड–१९ को जोखिमका समयमा खाद्यन्न समस्या आउन नदिन नगरपालिकालाई सहयोग गरेको सो संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए।

स्वास्थ्य शिक्षा र सरसफाई लगायतका क्षेत्रका काम गर्दै आएको सो सस्थाले सोमबार  नगर प्रमुख दीपक विक्रम शाहलाइ ती खाद्य सामग्री हस्तान्तरण गरेको हो। सो अवसरमा नगरप्रमुख शाहले कोरोना नियत्रण गर्न सामूहिक प्रयासको खाँचो औल्याए।  

सुदूरपश्चिम प्रदेशका  विकट तथा पहाडी जिल्लामा उक्त संस्थाले विद्यालयमा छात्रालाई सेनेटरी प्याड,शैक्षिक सामग्री, कम्प्युटर लगायतका सामग्री सहयोग गर्दै आइरहेको छ। क्वारेन्टिनमा रहेका नागरिकहरुलाई खाना खुवाउन गरी उक्त खाद्यान्न सहयोग गरिएको  बताइएको छ। नगरपलिकाका दश वटै वडाका क्वारेन्टिन निर्माण गरिएको छ। ती क्वारेन्टिमा एक सय ५९ जना आइसोलेसनमा बसेका छन्।  

कमेन्ट लोड गर्नुस