सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा पुग्यो अनिकाल निम्त्याउने सलह किरा

२०७७ असार १६, ०३:३३ आशिष मल्ल

धनगढी: कृषिबालीमा क्षति पुर्‍याइ अनिकाल निम्त्याउने सलह(डेजर्ट लोकस्ट) फट्याङग्रा डडेल्धुरा पुगेको छ। जिल्लाको परशुराम नगरपालिका –४ कटालमा उक्त किरा देखिएको  नगरपालिकाको कृषि शाखाका प्राविधिक सहायक कालुसिंह बोहराले पुष्टि गरे।

किसानहरुले दुई हजारको हाराहारीमा अनौठो फट्याङग्रा आएको खबर दिएपछि स्थलगत अनुगमनमा जाँदा आफुले थोरै दुई÷तीन सयको मात्रामा सलह देखेको बोहराले बताए। ‘किसानले खबर गरेपछि हामी अनुगमनमा गएका थियाैं।सोही क्रममा धान र मकैको खेतमा करिब दुई/तीन सयको हाराहारीमा सलह थिए’ उनले भने, ‘थौरे मात्रामा भएकाले ठुलो बथानबाट ती किरा छुट्टिएर आएको हुनसक्ने कृषि शाखाले आनुमान गरको छ।’

भारतबाट आएको अनुमान गरिएका ती किराले बालीमा खासै नोक्सान नगरेको भएतापनि आफुहरुले कृषकहरुलाई ठुलो आवाज गरेर सलह भगाउने सल्लाह दिएर आएको कालुसिंह बोहराले बताए। 

सलह फट्याङग्रा एक वर्ग किलोमिटर क्षेत्रमा फैलिएर बस्ने र एउटा बथानमा झण्डै चारदेखि आठ करोड हुने विज्ञहरुले बताएका छन्। फट्याङग्राको एउटा बथानले एक दिनमा करिब ३५ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न खाइदिन्छन्। 

यो फट्याङग्राले सम्पूर्ण कृषि वालीको बोटविरुवा, बाली, फुल, डाँट, डाँटको बोक्रासम्म खाइदिने क्षमताका भएकाले प्रवेश गरेको स्थानमा ठूलो भोकमरी र अनिकाल पर्ने गरेको बताइएको छ।

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस