धनगढीमा बस्ने दम्पत्तीद्वारा घर भाडामा छुट
धनगढी: धनगढीमा बस्दै आएका एक दम्पत्तीले घरभाडामा छुट दिएका छन्। लकडाउनका कारण व्यवसायीहरुले व्यवसाय गर्न नपाएको तथा आर्थिक मन्दी लागेका भन्दै मनोज चौधरी र उनकी श्रीमती शोभा चौधरीले आफ्नो चार स्थानमा रहेका घर भाडामा छुट दिएका हुन।
उनीहरुले धनगढीको भन्सार रोडमा रहेको श्री लक्ष्मी कम्प्लेक्समा व्यापार गरिरहेका व्यापारीलार्ई, चौराहामा रहेका सटरमा व्यापार गरिरहेका व्यापारीलाई, काठमाडौको पेप्सीकोलामा रहेको घरमा बस्ने डेरावाललाई र झापाको बिर्तामोडमा रहेको घरको भाडामा छुट लिने निर्णय गरेका हुन।
कसैलाई तीन महिना, कसैलाई दुई र एक महिनाको घरभाडा छुट दिइएको मनोज चौधरीले बताए। लकडाउन भएको बेलाको भाडामा केहि राहत पुगोस भन्ने उदेश्यले छुट दिने निर्णय गरेको चौधरीले बताए।