सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ तोलामा एक सय रुपैयाँ घट्यो

२०७७ असार १६, १२:१२ रासस

आज सुनको भाउ घटेको छ। हिजो र अस्ति तोलाको ९१ हजार तीन सय रुपैयाँका कारोबार भएको सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि सुनको भाउ तोलाको ९१ हजार दुई सय रुपैयाँ निर्धारण गरेको छ। हिजो र अस्ति कायम भएको ९१ हजार तीन सय रुपैयाँ अहिलेसम्मकै उच्च मूल्य हो। यसअघि शुक्रबार सुन तोलाको ९१ हजार एक सय रुपैयाँ कायम भएको थियो।

महासंघका अनुसार आज चाँदी भने हिजो अस्ति जस्तै तोलाको नौ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ। कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अस्थिर रहेको छ। कारोबार नहुँदा सुनचाँदी बजार सुनसान जस्तै छ।

विवाहको सिजनमा पनि गरगहना बिक्री नभएको व्यवसायीको गुनासो छ।
 

कमेन्ट लोड गर्नुस