सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाईकलको ठक्करबाट एक बालकको मृत्यु, तीन जना घाईते

फाईल फोटो
फाईल फोटो
२०७७ असार १६, ०७:४८ खबर संवाददाता

धनगढी : कैलालीमा मोटरसाईकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन्। जिल्लाको बर्दगोरीया गाउँपालिका वडा नम्वर १ स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गईरहेको भे ६ प २५२० नम्वरको मोटरसाईकलले र सोही दिशा तर्फ गईरहेको दुई जना सवार साईकललाई ठक्कर दिदा एक बालकको मृत्यु भएको हो।

साईकलमा सवार बर्दगोरीया गाउँपालिका वडा नम्वर २ का ३० बर्षीय रमेश परियारका ५ बर्षीय छोरा हिमान्शुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए। दुर्घटनामा परी गम्भिर घाईते भएका परियारको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक विष्टले बताए। 

उनका अनुसार मोटरसाईकल चालक घोडाघोडी नगरपालिका वडा नम्वर ८ का २५ बर्षीय सुरेश चौधरी, मोटरसाईकलमा सवार बर्दगोरीया गाउँपालिका वडा नम्वर ३ का २६ बर्षीय जयदेव चौधरी र मृतक बालकका बुवा समेत रहेका साईकल चालक बर्दगोरीया गाउँपालिका वडा नम्वर १ बस्ने रमेश परियार घाईते भएका छन्। 

उनीहरुमध्ये मोटरसाईकल चालकको अवस्था गम्भिर रहेको र घाईते तीन जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको प्रहरी नायव उपरिक्षक विष्टले दिनेश खवरलाई जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस