सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा पहिरोले घर पुरिदा बावुछोराका मृत्यु

२०७७ असार १५, १०:१६ खबर संवाददाता

दार्चुला :दार्चुलामा घर माथिबाट आएको पहिरोले बावु छोराको मृत्यु भएको छ।

जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ४ होपरीमा पहिरो जादा स्थानीय २५ वर्षीय चन्द्र सिंह महता र उनका ४ वर्षीय छोरा सुसान्तको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक सुरेन्द्र प्रसाद जोशीले पहिरोमा पुरिएर दुवै जनाको मृत्यु भएको पुष्टि गरे। यस्तै महताकी २२ वर्षीया श्रीमती चनमती घाइते भएकी छन्।

उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।  
 

कमेन्ट लोड गर्नुस