सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा परीक्षणमा ढिलाई, एक महिना सम्म क्वारेन्टिनमै बस्नुपर्ने बाध्यता

फोटो : धनराज साउँद
फोटो : धनराज साउँद
२०७७ असार १४, ११:३३ कमल सावद

धनगढी : अछामको बान्नीगडी–जयगड गाउँपालिका वडा नम्बर ३ का एक युवक जेठ १३ गते भारतबाट फर्किए। उनी अछाम पुगेको पनि ३३ दिन बितेको छ। ३३ दिनदेखि उनी क्वारेन्टिनमै छन्।

आरडिटी टेस्ट गर्दा एन्टीबडी देखिएका उनको पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरेको १८ दिन सम्म रिर्पोट आएको छैन्। तर रिर्पाेट अझै आएको छैन्। उनीसंगै क्वारेन्टिनमा बसेका दुई जनामा कोरोना पुष्टि भएका कारण मनोवैज्ञानीक त्रास छ। दिनेश खबरसंग उनले भने, ‘३३ दिन भयो क्वारेन्टिनमा छौँ। थ्रोट स्वाबको नमूना लिएको १८ दिन पुगिसक्यो। तर अहिले सम्म रिर्पाेट आएको छैन्। घर पनि जान दिइएको छैन्। भान्छामा काम गर्नेलाई पनि एन्टीबडी देखिएपछि खाना पनि घरबाट खादैछौ। घर पनि जान दिएका छैनन्।’

सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणको दायरा बढ्न नसक्दा भारतबाट आएर ३३ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने बाध्यता रहेको छ। आरडिटी परीक्षणमा पोजेटिभ देखाएको तर पीसीआर परक्षिण हुन नसक्दा भारतबाट आएका नागरिकले एक महिनाभन्दा लामो समयसम्म क्वारेन्टिनमा बस्नुपर्ने बाध्यता आएको गुनासो गरिएको छ। अछामकै सरस्वती उच्च माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका अर्का युवकले रिर्पाेट नआएको बिषयमा वडाध्यक्ष देखि नेताहरुलाई पनि फोन गरेको बताए। तर रिर्पाेट कहिले आउँछ भन्ने कुरा कसैले पनि नबताउँदा अन्यौलता भएको उनी बताउँछन्।

‘कोरोना रिर्पाेट नआएकाले मनमा डर छ।’ उनले भने, ‘घरका मान्छेहरु पनि डराएका छन्। रिर्पाेट आउदैन्। क्वारेन्टिनमा बसिरहेका छौँ। क्वारेन्टिनमा शौचालय छैन्। पानी पनि धमिलो छ। अन्य रोग लाग्ने पनि समस्या छ। झुलको पनि सुविधा छैन्। सुत्नै सकिदैन्।’ अछाममा मात्रै होईन सुदूरपश्चिमका विभिन्न जिल्लामा आरडिटी पोजेटिभ देखाएर स्वाब संकलन गरिएका हजार बढिको पीसीआर रिपोर्ट आएको छैन्।

कतिपयलाई त पीसीआर रिपोर्ट नआउँदै घर पठाइएको छ भने अधिकासं एक महिना सम्म क्वारेन्टिनमा बस्न बाध्य भएका छन्। तर सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणको दायरा बढाउन आनाकानी भएको छ। यता सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले सो विषयमा जानकारी नभएको प्रतिकृया दिए। उनले भने, ‘धनगढीमा परीक्षण सम्भव नभएपछि बाहिर पठाउदै आएका छौँ। अछामको बारेमा जानकारी भएन्। के भएको रहेछ बुझ्छु।’ उनले भने।

सुदूरपश्चिम प्रदेश सरकारले कैलाली, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला सञ्चलन गर्ने निर्णय गरेको तीन महिना पुगिसकेको छ। तर अहिलेसम्म प्रयोगशालाका आवश्यक सामाग्री समेत खरिद भएको छैन्।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस