सुदूर नेपाललाई विश्वसँग जोड्दै

छाला रोगसम्बन्धी शिविर सम्पन्न

२०७७ असार १३, ०८:५४ रासस

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले आज छाला रोगसम्बन्धी निःशुल्क चर्मरोग शिविर आयोजना गरेको छ। गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा प्राथमिक स्वास्थ्य केन्द्र तोपामा आयोजित सो शिविरबाट करिब एक सयजना लाभान्वित भएको स्वास्थ्य शाखाका प्रमुख शैलेश मिश्रले जानकारी दिए।

नेपालकै प्रसिद्ध लालगढ अस्पतालका छाला रोग विशेषज्ञ डा आनन्द सुनुवार र वरिष्ठ कुष्ठरोग सुपरभाइजर शङ्करमान श्रेष्ठले शिविरमा आएकाहरुलाई निःशुल्क जाँच गरी आवश्यक औषधिसमेत प्रदान गरिएको थियो । सो शिविरमा एकजना पुरुषमा कुष्ठरोग फेला परेको स्वास्थ्य शाखाप्रमुख शैलेश मिश्रले बताए।

शिविर सञ्चालनका क्रममा सामाजिक दूरीलाई कायम गरी आवश्यक स्वास्थ्य सुरक्षा प्रोटोकललाई ध्यानमा राखी व्यवस्था मिलाइएको थियो।
 

कमेन्ट लोड गर्नुस