सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘कोरोना जन्तर’ले भाइरस मर्दैन, उल्टै असर गर्छः स्वास्थ्य मन्त्रालय

२०७७ असार १३, ०५:५५ खबर संवाददाता

धनगढी: ‘भाइरस रिमुभिङ कार्ड’ले कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट जोखिमबाट बच्न नसकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्य मन्त्रालयका अनसार यसले उल्टै मुटु, फोक्सा लगायतमा अंगमा गम्भीर असर पार्नसक्छ। 

नेकपा नेताहरुले कोरोना जन्तर भन्दै घाँटीमा भिरेका उक्त ‘भाइरस ब्लकर डिसइन्फेक्सन कार्ड’ पूर्वप्रधानमन्त्री माधवकुमार बाँडेका थिए। उनले उक्त जन्तर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमै बाँडेका थिए। 

उक्त जन्तरले कोरोना जोखिमबाट बचाउन नसक्ने भन्दै स्वास्य मन्त्रालयले स्पष्ट पारेको छ। ‘भाइरस रिमुभिङ कार्ड पत्ता लागेको छैन। यस्तो विधि भएको भए संसारभर यस्तो कठिनाई हुँदैनथ्यो होला’ शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले भनेका छन्। साथै उनले भारइस रिमुभिङ कार्ड बनाउने, विक्री गर्नेलाई पनि कारबाही गरिने बताए।

कमेन्ट लोड गर्नुस