सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा थप ६२ जनामा कोरोना पुष्टि

२०७७ असार १३, ०३:१९ खबर संवाददाता

धनगढी : बाजुरामा थप ६२ जनामा कोरोना पुष्टि भएको छ। जिल्लाको त्रिवेणी नगरपालिकामा  ६२ जनामा कोरोना पुष्टि भएको हो।

शिक्षण अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा ६२ जनाको कोरोना भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वास्थ अधिकृत दयाकृष्ण पन्तले बताए।

उनले ११ जना महिला र ५१ जना पुरुषमा कोरोना पुष्टि भएको बताए। यो संगै बाजुरामा कोरोना संक्रिमितको संख्या एक सय ९१ पुगेको छ। 
 

कमेन्ट लोड गर्नुस