डडेल्धुराका थप ७ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २२६ पुग्यो
२०७७ असार १३, ०२:४३
डडेल्धुरा: डडेल्धुराका थप ७ जनामा कोरोना भाइरस पुष्टि भएको छ। काठमाडौंमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभिड –१९ सम्पर्क व्यक्ति हरिप्रशाद भट्टले बताए।
आज थपिएका संक्रमित मध्ये भागेश्वर गाउँपालिकाका ४ जना र परशुराम नगरपालिकाका ३ जना रहेका भट्टले बताए। योसंगै डडेल्धुरामा कोरोना संक्रमितको संख्या २२६ पुगेको छ।
कमेन्ट लोड गर्नुस