सुदूर नेपाललाई विश्वसँग जोड्दै

आहा ! अमरगढी किल्ला(फोटो सहित)

२०७७ असार १३, ०१:५२

गणेश थापा, डडेल्धुरा: डडेल्धुराको बागबजारको सिरानमा रहेको ऐतिहासिक अमरगढी किल्लाले पछिल्लो समयमा आफ्नो मुहार फेर्दै पर्यटकलाई पर्खिरहेको छ। नेपाल एकिकरणको क्रममा अमरसिंह थापा द्वारा .१८४७ मा निर्माण गरिएको एतिहासिक अमरगढी किल्ला यस क्षेत्रकै महत्वपूर्ण पर्यटकिय गन्तव्यहरु मध्येको एक हो।

सम्भवतः नेपालकै जिउँदो किल्लाहरु मध्येको एक मानिने अमरगढी किल्ला महत्वपूर्ण एवं ऐतिहासिक पर्यटकिय गन्तव्य भएपनि प्रचारप्रसारको अभावमा प्राय ओझेलमा देखिने गर्छ। अमरगढी किल्ला नेपाल भ्रमण वर्ष २०२० को क्रममा केही चर्चामा आउन थालेको भएपनि कोरोनाको कारण यहाँ पुनः सुनसान भएको छ। 

नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा यस क्षेत्रका युवा तथा समाजसेवीहरुबाट स्वस्फुर्त रुपमा सरसफाई तथा प्रचारप्रसार सुरु गरेपछि यस अमरगढी किल्ला घुम्नेहरुको संख्यामा उल्लेख्य रुपमा बृद्धि भएको थियो। हाल उक्त अमरगढी किल्ला परिसरमा जिर्णाेद्धार एवं नयाँ निर्माण गरिएका संरचनाहरुकोका साथै रंगीचंगी फुलवारीले अमरगढी किल्ला परिसरको मुहार फेरिएको जस्तो देखिन्छ।

गत आर्थिक वर्ष विभिन्न कारणले यस अमरगढी किल्ला संरक्षण र मर्मतको करिव १५ लाख रकम काम गर्न नसकेर फ्रिज गएको थियो। यस आर्थिक वर्षमा फेरी अमरगढी किल्ला परिसरमा विभिन्न संरचनाहरु निर्माण गर्नका लागी अमरगढी नगरपालिकाबाट अमरगढी किल्ला पर्यटन पूर्वाधार निर्माण शिर्षकमा १ करोड ३५ लाख बजेट विनियोजन गरिएको छ। यसपटक अमरगढी नगरपालीकाले अमरगढी किल्लाका साथै डडेल्धुराका अन्य विभिन्न पर्यटकिय क्षेत्रको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनका लागी बजेट विनियोजन गरेको छ। 

आजभोली हरेक बिहान अमरगढी किल्ला पर्यटन पूर्वाधार क्षेत्र विकास समितिको अनुरोधमा स्थानीय युवाहरु आएर किल्ला परिसरमा सरसफाई तथा वृक्षारोपण कार्य गरिरहेका छन्। कोरोनाको कहरपश्चात धेरैभन्दा धेरै आन्तरिक एवं बाह्य पर्यटकलाई भित्र्याउन आफुहरु लागि परेको बताउँदै समितिका अध्यक्ष प्रविण जैरुले सबैभन्दा पहिले किल्लाको विकासका लागी बृहत गुरु योजना तयार पार्नुपर्ने आवश्यकता रहेको बताए। 

कमेन्ट लोड गर्नुस