सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रेस संगठन डोटीद्धारा पत्रकारलाई जकेट र मास्क वितरण

२०७७ असार १३, ११:२९ खबर संवाददाता

टेक चन्द डोटी : प्रेस संगठन डोटीले पत्रकारलाई जकेट र मास्क वितरण गरेको छ।

कोरोना भाइरसको जोखिम मोलेर काम गरिरहेका पत्रकारहरुलाई संक्रमणबाट बच्न सहज होस् भन्ने उद्देश्यले जकेट र मास्क वितरण गरिएको हो।

डोटीका प्रतिनिधीसभा सदस्य प्रेम आलेमगर र सुदूरपश्चिम प्रदेशसभा सदस्य पूर्णा जोशीको सहयोगमा जिल्लामा क्रियाशिल पत्रकारलाई स्वास्थ्य सुरक्षा साम्रागी सहित प्रेस जकेट वितरण गरिएको संगठनका संयोजक कर्ण चन्दले जानकारी दिए।

कमेन्ट लोड गर्नुस