सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउदीमा भिसाको अवधि सकिएका नेपालीहरु जरिवानाबिनै फर्किन पाउने

२०७७ असार १३, ०६:०२ खबर संवाददाता

कोरोनाको कारण भिसाको म्याद समाप्त भएका नेपालीहरु साउदीबाट जरिवानाबिनै स्वदेश फर्कन सक्ने भएका छन्।

कोरोना महामारीका कारण अर्को निर्णय नभएसम्मका लागि बहिर्गमन भिसा, पुनस् प्रवेश भिसा र सबै प्रकारका भिजिट भिसा र पर्यटक भिसा लिएकाहरु कुनै जरिवानाबिना साउदीका जुनसुकै प्रस्थान बिन्दुबाट पनि स्वदेश फर्कन सक्ने साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ।

यसरी फर्कंदा भिसाको अवधि सकिएको भए पनि कुनै जरिवाना र शुल्क लाग्ने छैन। साउदीमा समस्यामा परेर प्राथमिकतामा परेका नेपालीलाई अहिले दूतावासले चार्टर्ड उडानमार्फत स्वदेश पठाइरहेको छ। शनिबार पनि साउदीमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि दुई उडान हुँदैछन्।
 

कमेन्ट लोड गर्नुस