सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका थप ४ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १०२ पुग्यो

२०७७ असार ११, ०३:४९ खबर संवाददाता

बाजुरा: बाजुरामा थप चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जिल्लाको बुढिगंगा नगरपालिकाका चार जनामा कोरोना संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ।  

केहिदिन पहिले बाजुराबाट ३ सय ३८ जनाको स्वाब संकलन गरी जुम्ला लगिएको थियो। आज चार जना थपिएपछि बाजुरामा संक्रमितको संख्या १ सय २ पुगेको छ। 

 

कमेन्ट लोड गर्नुस