सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको थलि जिउलोमा भयो रोपाई

२०७७ असार १०, ०६:५९ खबर संवाददाता

बझाङ : जिल्लाको छविसपाथिभेरा गाउँपालिका वडा नम्वर ६ थलि जिउलोमा यस बर्षको रोपाई भएको छ। जुन गाउमा रोपाई गर्दा र धान काट्दा एउटा अचम्मको चलन छ। थलि जिउलोमा एकै दिन रोपाई र एकैदिन धान काट्न सुरु गर्ने चलन पुस्तौदेखि चल्दै आएको छ। थलि जिउलोमा झण्डै एक सय परिवार पुजारा र अन्य जप्रेल, थापा, रोकाया, बुढा, चलाउने र सिंहको समेत बसोवास रहेको छ।

तर पुजाराहरुले रोपाई सुरु नगरे सम्म कसैले पनि रोपाई सुरु नगर्ने चलन रहेको छ। जुन दिन पुजाराले रोपाई सुरु गर्छन, त्यहि दिन अन्य जातीले पनि सुरु गर्ने र सोही नियम धान काट्ने बेला पनि लागु गर्ने चलन रहेको छ। 

रोपाई सकिएको दिन त थलि जिउलोमा मेला नै लाग्ने गरेको छ। सावीकको सैनपसेला र लेकगाउँका वासीन्दाबिच मैलडो (खेतमा मै हाल्दा प्रयोग हुने डोरी) तानातान हुने गरेको छ। थलि जिउलोमा सिंह जातीका कसैको पनि कुनै सामान खसे पुजाराहरुले मात्रै उठाउन मिल्ने चलन पनि थियो। तर त्यो परिपाटी अहिले छैन्। 

फोटो : मकरराज धामी

कमेन्ट लोड गर्नुस